मुस्ताङमा सशस्त्र प्रहरीको बिओपीको भवन शिलान्यास

Spread the love

काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट ( बिओपी ) को शिलान्यास गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित नेचुङ पुगेका न्यौपानेले बुधबार भवनको शिलान्यास गरेका हुन् । गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बिओपी सदरमुकाम जोमसोमबाट १ सय ९ किलोमिटरको दुरिमा तथा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको छ ।

२४ कोठाको मौसम अनुकुलको हुने भवन करिब साढे ६ करोडको लागतमा एक बर्ष भित्र निर्माण भइसक्ने छ । असोजदेखि बैशाखसम्म नै भारि हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल १२ महिना नै तैनाथ रहने छ । हालसम्म देशभर सशस्त्र प्रहरी बलका १ सय १८ वटा बिओपी स्थापना भएका मध्ये उत्तरी सिमानामा ७ वटा रहेका छन् ।

बिओपी स्थापना भएसँगै मुस्ताङको उत्तरी सिमानामा सशस्त्र प्रहरीले सीमा अनुगमन, पिल्लर निरीक्षण, काउन्टरपार्टस्सँग समन्वय तथा नियमित गस्ती पट्रोल गर्दै आएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय स्थलसेनाध्यक्ष नरवणे काठमाडौंमा

२०७७ कार्तिक १९, बुधबार ०६:५२
Spread the loveकाठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार नेपाल आएका छन् । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन गरेका नेपाली सेनाले जनाएको छ । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी […]