कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १२ लाख ३० हजार नाघ्यो

Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ३० हजार ७ सय ५७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ८ सय भन्दाबढी संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या ४ करोड ८४ लाख २० हजार १०१ पुगेको छ ।

संक्रमितमध्ये तीन करोड ४६ लाख ७० हजार ६ सय १ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, संक्रमितमध्ये १ करोड २५ लाख १८ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८९ हजार २ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९८ लाख १ हजार ३ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ३९ हजार बढीको मृत्यु भएको छ भने ६२ लाख ९२ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ८३ लाख ६३ हजार ४ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २४ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७७ लाख १० हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख ९० हजार नाघेको छ भने १ लाख ६१ हजार १७० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख ६४ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हेटौंडाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु

२०७७ कार्तिक २०, बिहीबार ०३:१३
Spread the loveकाठमाडौं । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित हेटौंडाका एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ । कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ८२ वर्षीय वृद्धिको मृत्यु भएको अस्पतालले जनाएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार […]