बिपी प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

Spread the love

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेका मोरङका ५९ वर्षीय एक पुरुष र सप्तरीका दुई जना रहेका छन् ।

कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका मोरङका पुरुषमा उच्च रक्तचाप र मुटु रोग रहेको अस्पतालले जनाएको छ । त्यस्तै, राजविराज– १ सप्तरीकी २३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको उनमा रक्त अल्पतालगायतको समस्या रहेको थियो ।

त्यसैगरी राजविराज– ८ सप्तरीका अर्का एक पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। ६५ वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनाद्वारा भारतीय सेनालाई एक लाख थान मास्क प्रदान

२०७७ कार्तिक २०, बिहीबार ०७:४६
Spread the loveकाठमाडौं । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा बिहीबार आयोजित कार्यक्रममा ती स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । नेपाल–भारत सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी तेह्रौँ […]