थप २९०९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २९०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १,८८,८८३ पुगेको छ ।

आइसोलेसनमा ३४९०५ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमणबाट शुक्रबार थप ४ हजार ५ सय जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १,५२,९०८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १०७० पुगेको छ । क्वारेन्टाइनमा १२५४ जना रहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औपचारिक बैठक डाक्न अध्यक्ष ओलीलाई सामूहिक आग्रह गर्ने धुम्बाराही बैठकको निर्णय

२०७७ कार्तिक २१, शुक्रबार ११:१४
Spread the loveकाठमाडौं । सत्तारुढ नेकपाको सचिवालय सदस्यहरुले औपचारिक बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा आग्रह गर्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको अनौपचारिक बैठकले औपचारिक रुपमा बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले पाँचैजना सचिवालय सदस्य […]