नागढुंगाबाट श्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ

Spread the love

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट श्रोत नखुलेको ४० लाख रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौं आइरहेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थान नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप २९०९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

२०७७ कार्तिक २१, शुक्रबार ०८:४७
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २९०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १,८८,८८३ पुगेको छ । आइसोलेसनमा ३४९०५ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी […]

समाचार छुट्याे की?