थप २७५३ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १९१६३६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको छ । बुधबार कोरोना संक्रमणल निको भई थप २२०६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५५११४ पुगेको मन्त्रालयले जनाएको छ । आइसोलेसनमा ३५४३५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ११४४ जना रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किन चाहिएको थियो सङ्घीयता ?

२०७७ कार्तिक २२, शनिबार १०:५६
Spread the loveनारायण गाउँले । पहिचानका लागि ? प्रतिनिधित्वका लागि ? विकासका लागि ?  सङ्घीयताबाट के हासिल भयो ? न ऐतिहासिकता, न औचित्य, न पहिचान, न सामर्थ्य, न जातीय क्लस्टर, न शक्तिविकेन्द्रीकरण, न प्रतिनिधित्व ! अब पनि सङ्घीयता आवश्यक छैन भन्नेहरूलाई प्रतिगामी या लोकतन्त्र विरोधीको आरोप लगाउनु या त मूर्खता […]