पूर्वसांसद वीरबहादुर लामाको निधन

Spread the love

काठमाडौं । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद लामाको आज विहान निधन भएको हो । २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

२०६२/०६३ सालको जनआन्दोलनपछि पुनस्र्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्ये लामा एक थिए । मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीद्वारा बाइडन र ह्यारिसलाई बधाई

२०७७ कार्तिक २३, आईतवार ०३:४९
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बाइडन र ह्यारिसलाई बधाई दिएका हुन् । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् । […]

समाचार छुट्याे की?