विश्वमा पाँच करोड एक लाख ४६ हजारमा कोरोना संक्रमण

Spread the love

विश्वका कोरोना संक्रमितमध्ये तीन करोड ५५ लाखभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्ममा तीन करोड ५५ लाख २४ हजार ६ सय ५२ जना संक्रमित संक्रमणमुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड एक लाख ४६ हजार तीन सय २५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ५५ हजार पाँच सय १६ जनाको मृत्यु भइसकेको वल्डोमिटरमा उल्लेख छ । हाल विश्वमा एक करोड ३२ लाख ७४ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिकामा हालसम्म एक करोड एक लाख ७३ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६४ लाख ३६ हजारभन्दा बढी निको भएका छन् । अमेरिकामा दुई लाख ४२ हजार दुई सय २८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ८५ लाख ७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७८ लाख ६७ हजारभन्दा बढी निको भएका छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार १ सय ६२ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

२०७७ कार्तिक २३, आईतवार ०२:३५
Spread the loveकाठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली […]