कोरोनाको रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयद्वारा ‘टेलिमेडिसिन’ सेवा शुरु

Spread the love

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको छ ।

मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति ( फोकल पर्सन) तोकी सो सेवा शुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले कोभिड–१९ को व्यवस्थापनमा कुनै समस्या परेमा ती तोकिएका फोकल पर्सन चिकित्सकसँग अन्य चिकित्सकले फोन, इमेल र एसएमएसमार्फत परामर्श लिने बताए ।

“कोभिड–१९ उपचार व्यवस्थापन सम्बन्धमा प्रदेशभित्रका अस्पतालका चिकित्सकले सम्बन्धित प्रदेशको टेलिमेडिसिन हब अस्पताल र प्रदेश हब अस्पतालका चिकित्सकले केन्द्रीय हव अस्पताका चिकित्सकसँग परामर्श लिन सक्ने छन्,’’ उनले भने ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ज्यान मुद्दाका अभियुक्त १६ वर्षपछि पक्राउ

२०७७ कार्तिक २४, सोमबार १४:३८
Spread the loveकाठमाडौं । कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगरका ३३ वर्षीय हरि भन्ने रामकुमार गिरी रहेका महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ । विसं २०६१ मा काठमाडौँको सामाखुसीमा कानमा लगाएको मुन्द्रा माग्दा नदिएको झोकमा चितवनका जीवन लोहनीले स्थानीय प्रकाश लामालाई […]