ज्यान मुद्दाका अभियुक्त १६ वर्षपछि पक्राउ

Spread the love

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगरका ३३ वर्षीय हरि भन्ने रामकुमार गिरी रहेका महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ ।

विसं २०६१ मा काठमाडौँको सामाखुसीमा कानमा लगाएको मुन्द्रा माग्दा नदिएको झोकमा चितवनका जीवन लोहनीले स्थानीय प्रकाश लामालाई कुटपिट गरेको र सोही घटनाको बदलास्वरुप गिरीले लोहनीको हत्या गरेको प्रहरीले जनाएको छ । विसं २०६४ मा जिल्ला अदालत काठमाडौँले उक्त घटनामा दोषी ठहर गर्दै उनलाई कैद सजाय सुनाएपनि फरार हुँदै आएका थिए ।

उक्त घटनापछि गिरी केही समय विदेश गएका थिए । फर्किएपछि नेपालका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएकामा महाशाखाको टोलीले उनलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरी काठमाडौँ ल्याएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ बुझाइएको जनाइएको छ ।

बैंँकिङ कसुर मुद्दामा आज प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय सूर्यप्रसाद शाह रहेका छन् ।

काठमाडौँ विश्व विद्यालयअन्तरगत मेडिकल शिक्षामा अध्ययन गर्ने क्रममा उनले पहिलो किस्ताबापत तिर्नुपर्ने १३ लाख ४१ हजार बराबरको चेक दिएका थिए, तर चेक नसाटिएपछि विश्व विद्यालयले काभ्रेपलाञ्चोक जिल्लामा बैँकिङ कसुरमा उजुरी दिएको व्यूरोले जनाएको छ । त्यसपछि उनी फरार हुँदै आएका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र आजै थप कारवाहीका लागि काभ्रेपलाञ्चोक पठाइएको व्यूरोले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपमा नयाँ सफलता, ९० प्रतिशत भन्दा बढी सकारात्मक रहेको दाबी

२०७७ कार्तिक २४, सोमबार १६:१७
Spread the loveऔषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका सङ्क्रमितमा औषधिको प्ररीक्षण गरिएको र यसको ९४ प्रतिशत सकारात्मक रहेको भन्दै क्लिनिकल परीक्षणलाई अझै जारी राखिएको जनाएको छ । अमेरिकी राष्ट्रपति […]

समाचार छुट्याे की?