अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने-अमेरिकी चुनावमा धाँधली भएको छैन

Spread the love

अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।

यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभिड–१९ का कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको ओएसले जनाएको छ ।

ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरु निकै सुरक्षित र व्यवस्थित थियो । पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजूरी दिन सक्ने पनि ओएएसले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै विभिन्न राज्यका अदालतमा मुद्दा दायर गर्नुका साथै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामारीका बेला स्थानीय तहलाई सक्रिय गराउन राष्ट्रपतिको आग्रह

२०७७ कार्तिक २५, मंगलवार १५:२८
Spread the loveकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमुल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन […]