थप २७३६ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १९९७६० पुगेको छ ।

त्यसैगरी मंगलबार निको भई थप ८५३ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६०५७७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ । क्वारेन्टाइनमा १०५८ जना रहेका छन् भने आइसोलेसनमा ३८०३५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीबार सचिवालयको बैठक बोलाउन नेकपाका बहुमत सचिवालय सदस्यको प्रस्ताव

२०७७ कार्तिक २५, मंगलवार १०:४५
Spread the loveकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका ५ सचिवालय सदस्यहरुले आगामी २७ गते बिहीवार पार्टी सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेको छ । प्रचण्डले मंगलवार अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्दै कार्तिक २७ गते सचिवालय बैठक बस्न प्रस्ताव गरेको प्रवक्ता […]