विश्वका ३ करोड ६० लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

Spread the love

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ६० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ३ करोड ६० लाख ५२ हजार ७३ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ८ हजार भन्दाबढीमा संक्रमण भएको छ भने ७ हजार भन्दाबढीको मृत्यु भएको छ । यससँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ६९ हजार १२० पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ५ करोड १२ लाख ३९ हजार ३३० पुगेको छ ।

संक्रमितमध्ये १ करोड ३९ लाख १८ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ९३ हजार ६ सय भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ कारोड ४ लाख २१ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।

संक्रमितमध्ये दुई लाख ४४ हजार ४ सय बढीको मृत्यु भएको छ भने ६५ लाख ५२ हजार भन्दा बढी निको भएका छन् । त्यसैगरी, भारतमा हालसम्म ८५ लाख ९१ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २७ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७९ लाख ५७ हजार बढी निको भइसकेका छन् ।

पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ३२ हजार २११ जनामा संक्रमण पुष्टि भएको छ भने ४५१ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५६ लाख ७५ हजार नाघेको छ भने १ लाख ६२ हजार ६३८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख ६४ हजार भन्दा बढी निको भएका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

२०७७ कार्तिक २५, मंगलवार ०२:५६
Spread the loveकाठमाडौं । नेपाल विद्यार्थी सङ्घले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले सूचना प्रकाशित गरी शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाएका हुन् । “विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा […]