कतारका राजकुमारको टोलीद्वारा अमादब्लम हिमालको सफल आरोहण

Spread the love

काठमाडौं । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले ६ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका छन् । राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले बुधबार बिहान ११ः२० बजे आमादब्लमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका प्रमुखसमेत रहेकी निर्देशक मीरा आचार्यले शेख मोहम्मदसहितको टोलीले अमादब्लमको आरोहण गरेको पुष्टि गरिन् । यससँगै अमादब्लम हिमालमा अटम सिजनको पहिलो आरोहण भएको पनि उनले जानकारी दिइन् ।

उक्त आरोहणको व्यवस्थापन हिमालयन गाइड्सले गरेको हो । राजकुमारसहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए । यसमा केही अमेरिकी र क्यानेडियन आरोही पनि सहभागी थिए ।

विभागलाई अमादब्ल्म हिमालमा खटिएका सम्पर्क अधिकृतले जनाएअनुसार छ विदेशी र सात जना नेपालीले सफल आरोहण गरेको बताइएको छ । यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

विभागको पछिल्लो विवरणअनुसार अटम सिजनको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ । आरोहणबाट कूल ३३ लाख ७४ हजार ८२ रोयल्टी सङ्कलन भएको छ । यो याममा आरोहण अनुमति लिएका हिमालमा मनास्लुमा दुई, अमादब्लम दुई तथा बरुत्सेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी फुटको हल्लाको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

२०७७ कार्तिक २६, बुधबार ११:५१
Spread the loveकिमाथांका । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको बुधबार हेलिकप्टरबाट अनुगमन गरेका थिए । उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण […]