प्रधानमन्त्रीद्वारा किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

Spread the love

किमाथाङ्का । प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको बुधबार अनुगमन गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए । आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए । प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नम्बर १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका थिए । अनुगमनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान काठमाडौंबाट संखुवासभा आएका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपालाई कुनै हालतमा फुट्न दिन्नौंः मन्त्री भट्टराई

२०७७ कार्तिक २६, बुधबार ०८:२७
Spread the loveफुङलिङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य योगशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा पार्टी […]

समाचार छुट्याे की?