थप १९१३ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रायका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २,०४,२४२ पुगेको छ । त्यस्तै बिहीबार निको भई थप २३४९ जना डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या १६४५९२ पुगेको मन्त्रालयले जनएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ । क्वारेन्टाइनमा ९७४ जना रहेका छन् भने आइसोलेसनमा ३८४६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीमा नाकामा लगाइएको प्रतिबन्ध मंसिर ३० सम्म कायम रहने

२०७७ कार्तिक २७, बिहीबार १०:४५
Spread the loveकाठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्याएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरिएको जानकारी दिएका हुन् । सरकारले यसअघि कात्तिक ३० […]