म्यान्मारमा सूचीको बहुमत आएको चुनाव परिणाम सेना समर्थित दलले नमान्ने

Spread the love

म्यानमारमा यसै साता सम्पन्न चुनावको परिणामलाई सेना समर्थित दलले नमान्ने घोषणा गरेको छ । साठी वर्षभन्दा बढी म्यान्मारमा शासन गरेको सेनाको समर्थन प्राप्त दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी यूएसडीपीले चुनावमा धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको हो ।

यस पटकको चुनावी परिणामले आङ सान सू चीको दल नेशनल लीग फर डेमोक्रेसीले सन् २०१५ को भन्दा पनि बढी मत पाएको छ भने संसद्मा दुई तिहाइभन्दा धेरै सिटमा विजय प्राप्त गरेको छ । हालसम्म घोषित परिणाम अनुसार एनएलडीले ३९१ स्थानमा विजयी हुँदा यूएसडीपीले २१ स्थानमा मात्र विजय हासिल गरेको छ ।

सन् २०१५ को निर्वाचनमा एनएलडीले ३९० स्थानमा विजयी भएको थियो भने यूसडीपीले ४१ सिटमा विजय प्राप्त गरेको थियो । मतगणना जारी रहेका अन्य ५० सिटमा पनि यूएसडीपीभन्दा एनएलडी धेरै मतले अगाडि देखिन्छ । केन्द्रीय संसद्को लागि ४७७ सिटमा भएको यो निर्वाचनमा १३ स्थानमा भने क्षेत्रीय दलहरूले विजय प्राप्त गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

कोरोनाभाइरस महामारीका कारण आयोगले व्यवस्था गरेको ’अग्रिम भोटिङ’मा अनियमितता भएको आरोप यूएसडीपीले लगाएको छ । यूएसडीपीले सेनाको सहभागितामा निर्वाचन आयोगले फेरि चुनाव गर्नुपर्ने माग राखेको हो ।

निर्वाचन आयोगले भने प्रमुख प्रतिपक्षी दल यूएसडीपीले लगाएको आरोपलाई खण्डन गर्दै फेरि चुनावको सम्भावना नभएको बताएको छ।
निर्वाचन पर्यवेक्षण गरेको द कार्टर सेन्टरले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै निर्वाचन पर्यवेक्षकसँग अनियमितताको बारेमा प्रश्न गर्न प्रयाप्त तथ्य नभएको बताएको छ ।

संविधान परिवर्तन गरी सेनालाई संसद्बाट निकाल्ने सूची र उनको दल एनएलडीको प्रमुख माग हो । तर संविधान परिवर्तन वा संशोधन गर्न ७५ प्रतिशतभन्दा धेरै सांसदको सहमति हुनुपर्छ। जुन सेनाको सहमतिबिना सम्भव छैन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठ जना शिशु हत्याको अभियोगमा वेलायतका एक नर्स पक्राउ

२०७७ कार्तिक २७, बिहीबार ०७:१५
Spread the loveवेलायतको चेस्टर अस्पतालकी एक नर्समाथि आठ जना शिशुको हत्या गरेको र अन्य १० शिशुको हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ । ३० वर्षीया लुसी लेटबीलाई यसअघि पनि सन् २०१८ र सन् २०१९ मा छानबिनका लागि पक्राउ गरिएको थियो । उनीमाथि लगाइएका आरोपहरू २०१५ जुनदेखि २०१६ जुनसम्म अस्पतालमा […]