बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्युु, ३४ घाइते

Spread the love

बैतडी । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए ।

मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिए । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहुु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३० लाख नाघ्यो

२०७७ कार्तिक २८, शुक्रबार ०१:५१
Spread the loveविश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ३० लाख नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट शुक्रबार बिहानसम्ममा ५ करोड ३० लाख ८२ हजार ७४४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १२ लाख ९९ हजार २३० जनाको मृत्यु भएको छ भने ३ करोड ७२ लाख ९३ हजार […]