काठमाडौँ । डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणमा केसीको रिपोर्ट पोजिटिभ आएको हो । उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको सोलिडारिटी फर डाक्टर गोविन्द केसीले जनाएको छ ।
उनको श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । डा केसी अहिले शिक्षण अस्पताल महारजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भएका छन् । उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।