• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

भाइटीकाको लागि यस्तो छ रानीपोखरीमा तयारी

ByHT

Nov 14, 2020
Spread the love

काठमाडौं । यस वर्षको भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिने भएको छ । सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । हरेक वर्ष भाईटीकाको दिन सर्वसाधारणको लागि खुल्ला हुने बालगोपालेश्वर मन्दिरमा आफ्ना दिदीबहिनी नहुनेहरुले भाइटीका लगाउने परम्परा चलिआएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिर हालै मात्र पुनर्निमाण सम्पन्न भएको हो । प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर यही महिना रानीपोखरी निर्माण सम्पन्न गरेको हो । प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बालगोपाल, शिवलिंग र हरिशंकरी गरी तीन मूर्ति छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने गर्छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *