• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

तस्बिरमा हेर्नुस् रानीपोखरीस्थित बालगोपालेश्वरमा भाइटीका

ByHT

Nov 16, 2020
Spread the love

काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएपछि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पहिलो पटक आज खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त मन्दिर ५ वर्षपछि आज खुला गरिएको हो ।

वर्षमा भाइटीकाको दिनमा मात्रै खुला हुने मन्दिर पुनर्निर्माण नसकिँदा खुलेको थिएन । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन रहेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको छ । भीड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयमसेवक समेत परिचालन गरेको छ । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि पनि मन्दिर खुला रहनेछ । महानगरपालिकाले भीडभाड कम गर्न टीका नलगाउनेहरुलाई अहिले नआउन पनि आग्रह गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *