काठमाडौं । सत्तारुढ नेकपाको सचिवालयको अर्को बैठक मंसिर १३ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार बसेको बैठकमा मंसिर १३ गते सचिवालय बैठक बस्ने र बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिवेदन पेश गर्ने सहमति भएको हो ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्ने गरी आजका लागि बैठक तय भएको थियो ।
अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने बताइएको छ । त्यस्तै स्थायी समितिको बैठक मंसिर १८ गते र २५ गते केन्द्रीय समितिको बैठक बस्ने सचिवालय बैठकमा सहमति भएको छ ।