पेन्सिलभेनियामा लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग न्यायाधीशद्वारा खारेज

Spread the love

हुलाकमार्फत् गरिएका लाखौँ मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन् । न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी जायज नभएको ठहर गरेका हुन् ।

योसँगै पेन्सिलभेनियामा डेमोक्रेटिक उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ । उनी त्यहाँ ट्रम्पको भन्दा ८० हजारभन्दा बढी मतले अगाडि छन् । नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजयलाई उल्टाउन खोजिरहेका ट्रम्पका लागि यो अर्को धक्का हो ।

चुनावमा आफू पराजित भएको मान्न उनले अस्वीकार गर्दै आएका छन् र कुनै प्रमाणविनै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । ट्रम्पले पराजय स्वीकार नगर्दा सामान्यतया अमेरिकी चुनावपछि शुरू हुने प्रक्रियाहरूमा ढिलाइ भएको छ । बाइडनले ट्रम्पलाई २३२ विरुद्ध ३०६ इलेक्टोरल मतले पराजित गर्ने प्रक्षेपण गरिएको छ ।

आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मतदातालाई उनीहरूको मताधिकारबाट वञ्चित गराउने प्रयास गरेको बताएका छन् । मुद्दामा तनावपूर्ण कानुनी तर्क र आशङ्काका आधारमा कुराहरू गरिएको न्यायाधीशको भनाइ छ ।

शुक्रवार जोर्जियामा हातले मतपत्र गनेपश्चात् बाइडनले जितेको प्रमाणपत्र दिएपछि ट्रम्प अभियानलाई धक्का लागेको थियो । ट्रम्प अभियानलाई पुनः मतगणनाका लागि निवेदन दिन दुई दिन समय बाँकी छ । अर्को महत्वपूर्ण राज्य मिसिगनमा रिपब्लिकन अधिकारीहरूले राज्यको निर्वाचन बोर्डलाई परिणाम प्रमाणीकरण गर्न दुई हप्ताको समय माग्दै पत्र लेखेका छन् ।

ट्रम्प समूहले विरोध गरेपछि उनीहरूले सबभन्दा ठूलो काउन्टी डीट्रोइटमा राष्ट्रपतीय मतको पुनः जाँच गर्न माग गरेका थिए । तर मिसिगन डिपार्टमेन्ट अफ स्टेटले प्रमाणीकरण ढिलो गर्न र पुनः मतगणना गर्न कानुनले नदिने बताएको थियो।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना महामारीको बेला सरकार रमिते बन्योः नेता सिंह

२०७७ मंसिर ७, आईतवार ०४:५५
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको आरोप लगाएका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा नेता सिंहले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् । ‘यो सरकार स्वार्थमा डुबेको […]