दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना

Spread the love

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरको शिलामा मंगलबार दिउँसो पसिना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ५४ मिनेटसम्म शिलामा पसिना आएको हो । शिलामा पसिना आएपछि प्रचलित परम्परा अनुसार मन्दिरका पूजारी र गुठीयारहरुले पूजापाठ गरेका थिए ।

शिलामा पसिना आएपछि जिल्ला प्रशासन कार्यालय लगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगी मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरुसँग बैठक गरी बुधबार राष्ट्रपति समक्ष महाप्रसाद पठाउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । शिलामा पसिना आएको खबर सार्वजनिक भएपछि शिला पुछेको कपास लिनेको भीड लागेको थियो ।

‘पसिना’ पुछेको कपास राष्ट्रप्रमुख र सर्वसाधारणमा बाँड्ने चलन छ । राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो भने हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । भीमेश्वर मन्दिर पसिना आएमा देशमा ठूलो संकट आउने तथा राजनीतिक परिवर्तन हुने गरेको बताइन्छ । यसअघि २००७, २०२८, २०४६, २०७०, २०७४ सालमा पनि पसिना आएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरिबोधनी एकादशी बुधबार र बिहीबार

२०७७ मंसिर ९, मंगलवार १६:०८
Spread the loveकाठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी […]