प्रमाणित हुनेबित्तिकै नेपालीले कोभिडविरुद्धको खोप पाउँछन् : स्वास्थ्यमन्त्री ढकाल

Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन् ।

यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताएका हुन् । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले भएका थिए । मन्त्री ढकालले विजयी विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरे । अठ्ठाइस सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना

२०७७ मंसिर ९, मंगलवार १६:०७
Spread the loveकाठमाडौं । दोलखाको भीमेश्वर मन्दिरको शिलामा मंगलबार दिउँसो पसिना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ५४ मिनेटसम्म शिलामा पसिना आएको हो । शिलामा पसिना आएपछि प्रचलित परम्परा अनुसार मन्दिरका पूजारी र गुठीयारहरुले पूजापाठ गरेका थिए । शिलामा पसिना आएपछि […]