अर्थमन्त्री पौडेललाई गृह जिल्लामा कालोझण्डा

Spread the love

बुटवल । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् । लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्कमा अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् । पौडेलविरुद्ध तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।

विरोध प्रदर्शनपछि नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले विकास निर्माणका काममा कांग्रेसको समर्थन भए पनि राजधानी सारेकामा कांग्रेसले विरोध गरेको जनाए । मंगलबार रुपन्देही आएका पौडेल रुपन्देहीमा २ दिन विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप १९४८ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

२०७७ मंसिर १०, बुधबार ०७:५५
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९४८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२६०२६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३१४० जना निको […]