कोरोना संक्रमणबाट विश्वमा एकैदिन ११ हजार भन्दा बढीको मृत्यु

Spread the love

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वमा १४ लाख १४ हजार ६२१ जनाको मृत्यु भएको छ ।

चीनको हुवे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना संक्रमण पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभरी ११ हजार ६५२ जनाको मृत्यु भएको छ भने ५ लाख ३४ हजार ७० जना थप व्यक्ति कोरोना संक्रमित भएका छन् । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ९९ हजार ७७१ पुगेको छ ।

संक्रमितमध्ये चार करोड १५ लाख ४९ हजार ९ सय ३४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल विश्वमा एक करोड ७१ लाख ५३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने १ लाख ३ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा संक्रमित संख्या १ करोड २९ लाख ५५ हजार ७. पुगेको छ । संक्रमितमध्ये ७६ लाख ३६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६५ हजार आठ सय ९१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा हालसम्म ९२ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८६ लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार सात सय ४३ पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६१ लाख २१ हजार नाघेको छ भने १ लाख ७० हजार १७९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५४ लाख ७६ हजार भन्दा बढी निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिबासमा प्रहरीको गोली लागी घाइते भएका एक जनाको मृत्यु भएपछि स्थानीयबासी थप आन्दोलित

२०७७ मंसिर १०, बुधबार ०३:३९
Spread the loveमहोत्तरी । महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार बर्दिवासचोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली […]