हिटलर, मुसोलिनी, पोलपोट,माओ र देङ्ग

Spread the love

केशवप्रसाद भट्टराई ।
१. दुनियाँले फासिस्ट भनेर चिन्ने इटालीका तानाशाह बेनिटो मुसोलिनीका बाबु समाजवादी थिए ।
मेक्सिकोका वामपन्थी राष्ट्रपति बेनिटो जुरेजबाट प्रभावित भएर मुसोलिनीको नाउ पनि बेनिटो राखिएको थियो ।
उनको नाउका दुई वीचका शव्द पनि इटालीका समाजवादी नेता अमिल्केयर सिप्रियानी र एन्द्रिया कोस्ताको नाउबाट लिइएको थियो ।
१९०२ (१९०४ को वीचमा स्विट्जरल्यान्डबाट प्रकाशित हुने ’श्रमिकको भविष्य’ जस्ता पत्रिकामा उनले लेखहरू लेखे ।
आफ्ना भाषणहरूमा र लेखहरूमा उनी कार्ल मार्क्सका उग्र प्रशंसा गर्दथे ।
हिंसात्मक क्रान्तिको समर्थन गर्दथे क्ष् देशभक्ति र राष्ट्रवादको कटु विरोध गर्दथे ।
१९१२मा इटालीको समाजवादी दलको मुख पत्र “अवन्ति“ अर्थात “अग्रगमन“ को सम्पादन पनि गरेका थिए ।

२. जर्मन तानाशाह एडोल्फ हिटलरको नेतृत्वको राजनीतिक दलको त नाउ नै “नेसनल सोसलिस्ट जर्मन वर्कर्स पार्टी“ अर्थात् नाजी पार्टी थियो ।
हिटलर र मुसोलिनी कै राजनीतिक महत्वाकांक्षाले दोस्रो विश्व युद्ध गराएको मात्रै थिएन, आफ्नै मुलुक भित्र पनि उनीहरूले लाखौँ निर्दोष जनताको हत्या गराए ।

. मानव इतिहासको कलंकको रूपमा चिनिएका कम्बोडियन कम्युनिस्ट पार्टीका नेता तथा प्रधानमन्त्री पोलपोटको शासन कालमा कम्बोडियाका एक चौथाई मानिस मारिए ।
माओको सांस्कृतिक क्रान्तिबाट प्रभावित भएर संचालन गरेको कृषि क्रान्ति र माओको ग्रेट लिप फरवार्ड बाट प्रभावित भएर उनले संचालन गरेको सुपर ग्रेट लिप फरवार्डको क्रममा भुखमरी, राज्य द्वारा भएको अत्यधिक श्रम शोषण र क्रान्ति विरोधीको नाउमा भएको हत्यामा कम्बोडियाका एक चौथाई जनसंख्या मारिए, मरे ।

४. माओको सांस्कृतिक क्रान्ति र ग्रेट लिप फरवार्डका कारण चीनका ६० करोड जनसंख्या मध्ये पाँच करोड मानिस मारिए । कृषि र उद्योग क्षेत्र ध्वस्त भयो ।
चीन विश्वको गरीव मुलुक भन्दा गरीव मुलुकको श्रेणीमा पुग्यो ।
जनताको जीवन स्तरमा निरन्तर ह्रास आइरह्यो ।

५. देङ्ग सियाओ पेङ्ग र उनले अवलम्वन गरेको नीति अन्तर्गत उदार आर्थिक नीतिको अनुशरण ले मात्रै आज चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।
माओ युगको चार प्रतिशत आसपासको वार्षिक वृद्धि दर देङ्ग युग आएपछि २०१० सम्म लगातार १० प्रतिशत भन्दा माथि रह्यो र २०१० पछि त्यो सरदार ७ प्रतिशतमा छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

२०७७ मंसिर १०, बुधबार १३:४५
Spread the loveकाठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो । “निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ”, […]