थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२७६४० पुगेको छ ।

त्यसैगरी थप १४३७ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २०९४३५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट बिहीबार थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको छ । क्वारेन्टाइनमा ६८० जना रहेका छन् भने आइसोलेसनमा १६७९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन परराष्ट्रसचिवस्तरीय बैठकमा दुवै पक्ष सहमत

२०७७ मंसिर ११, बिहीबार १०:४६
Spread the loveकाठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । बिहीबार काठमाडौंको एक होटलमा भएको बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो […]