एउटा ट्वीटका कारण चीन र अस्ट्रेलियाबीचको विवाद उत्कर्षमा

Spread the love

अस्ट्रेलियाले चिनियाँ कूटनीतिज्ञले फर्जी र घृणायुक्त ट्वीट गरेकोबारे माफी माग गरेपनि चीनले त्यसो गर्न अस्वीकार गरेको छ । चीनले ’अस्ट्रेलियाले उसका सेनाले अफगानिस्तानमा गरेका युद्ध अपराधबाट सार्वजनिक ध्यान अन्यत्र मोड्न खोजेको’ आरोप लगाएको छ ।

अस्ट्रेलियाली सैनिकले अफगान बालकको हत्या गरिरहेको फर्जी तस्बिर शेयर गरेको भन्दै क्यानबेराले बेइजिङ्सँग माफी माग्न भनेको थियो ।

तर बेइजिङ्ले अस्ट्रेलियाले ’द्विपक्षीय सम्बन्ध बिग्रिएकोमा चीनमाथि दोष लगाउन खोजेको’ आरोप लगाएको छ । पछिल्ला दिनहरूमा दुई देशबीच सम्बन्ध अत्यन्तै बिग्रिएको छ ।

गत महिना अस्ट्रेलियाका सेनाबाट भएका भनिएका युद्ध अपराधका घटनाबारे प्रतिवेदन सार्वजनिक भएको थियो । अस्ट्रेलियन डिफेन्स फोर्सले सन् २००९ र २०१३ का बीचमा २५ जना अस्ट्रेलियाली सैनिक ३९ जना अफगान गैरसैनिक तथा बन्दीको हत्यामा संलग्न भएको विश्वसनीय विवरण प्राप्त भएको जनाएको थियो । सोमवार चीनले त्यसका लागि अस्ट्रेलियाको निन्दा गरेको थियो।

तर लगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले शेयर गरेको फर्जी तस्बिरले भने क्यानबेरा तथा अन्यत्र तीखो प्रतिक्रिया उब्जाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले त्यस्तो ’घृणित’ तस्बिर शेयर गर्न बेइजिङ्ले ’लाज मान्नुपर्ने’ बताउँदै माफीको माग गरेका थिए ।

अस्ट्रेलियाको छिमेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा आर्डर्नले पनि सो ट्वीटको विषयलाई लिएर बेइजिङ्समक्ष चिन्ता जनाएको बताएकी छन् । तर प्रतिक्रियामा अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मङ्गलवार मरिसनको टिप्पणीको निन्दा गरेको छ । यो वर्ष दुई देशबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएका छन् ।

क्यानबेराले कोभिड १९ महामारीको स्रोतबारे छानबिनको माग गरेपछि सम्बन्धमा तनाव सुरु भएको थियो । केही महिना अगाडि अस्ट्रेलियाली सञ्चारमाध्यमका चीनस्थित बाँकी दुईजना पत्रकारलाई कूटनीतिज्ञहरूको सुझावमा स्वादेश फिर्ता लगिएको थियो ।

हालसालै दुईजना अस्ट्रेलियाली प्राज्ञलाई चीन प्रवेशको अनुमति दिइएन । अस्ट्रेलियाको मामिलामा चीनको आरोपित हस्तक्षेपका चर्चा चलेका छन् भने दुई देशबीच व्यापारमा धेरै तनाव बढेको छ । चीनले अस्ट्रेलियाका सामानमा कर बढाइदिएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकामा एक हप्ताभित्रै कोरोना संक्रमणबाट १० हजारको मृत्यु

२०७७ मंसिर १७, बुधबार ०६:४९
Spread the loveकोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजारको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा अमेरिकाका विभिन्न राज्य एवं शहरमा कोरोनाभाइरस संक्रमण तिब्र […]

समाचार छुट्याे की?