* खगेन्द्र बस्याल
ऊ धेरैको बिवाह भोजमा गयो ।त्यसैगरी धेरैले यस प्रकारका भोजमा सहभागीता जनाएको पनि देख्यो।निश्चित मूल्य र मान्यता हुन्छन् बैवाहिक भोजका पनि ।तर अधिकांशमा त्यो धेरैले थाहा नपाएको महसुुस गर्यो उसले।यसैले एक भोजमा उपस्थित आफ्ना साथीहरू संग जिज्ञासा राख्यो” भनौं त साथीहरू, बिवाह भोजमा ख्याल गर्नुपर्ने कुरा के के हुन सक्छन् ?”
उसका साथीहरू क्रमशः भन्दै गए।
`भोजमा खानुको पनि कला हुन्छ ,त्यो ख्याल गर्नुपर्नेछ ।´
`मुस्कानयुक्त भएर जानु जरुरी छ।यो धेरै संग परिचित हुने अवसरका यसलाई रुपमा लिनु जरुरी छ।´
`आफूमा केही कला भए घुमाउरो किसिमले प्रस्तुत गर्ने अवसर पनि हो यो ।´
`केही रोचक ठट्टा गर्ने अवसर पनि हो ,त्यसको सदुपयोग गर्नुपर्छ।´
`केही अपरचित र महत्त्वपूर्ण ब्यक्ति पनि आएका हुँदा उनीहरू संग परिचित हुने अवसरको खोजीको रुपमा पनि हेर्नु पर्छ।´
`यो सहजकर्ता हुने अवसर पनि हो ,त्यो अवसर खोज्नुपर्छ ।´´
`भोजमा आफ्नो बखान अपाच्य हुन सक्छ ।यसैले आफ्नो भन्दा अरुको प्रशंसा गर्ने बानीले संस्कारिक बनाउँछ।´
`भोजमा राखिएका सवै कुरा थोरैथोरै लिदा राम्रो देखिन्छ ।´
`केही को बानी अाधाजति खाएर खाना फालिदिएका पनि देखिएको छ ।यसले आफ्नो मान्छेले गर्ने ब्यवहार नगरेको झल्किन्छ ।´
`भोजमा अरुलाई बाधा पर्ने किसिमले चर्को स्वरमा बोल्नु हुदैन ।त्यसैगरि सीमित ब्यक्ति संग मात्रै बोल्नु पनि सभ्यता होइन ।´
`भोजको शुरुआत देखि अन्त्य सम्ममा सहभागी भएर शोभा बढाइदिने प्रयास गर्नुपर्नेछ ।´
`भोजमा गएपछि नवदम्पतिलाई बधाई दिन बिर्सनु हुँदैन ।´
`खाना खाइसकेपछि परिकारको तारिफ गरिदिनु जरुरी छ
भोजको परिकारमा दोष देखाउनु हुँदैन ।´
`केही उपहार दिन मन लागे स्थानीय बस्तुमा जोडदिनु जरुरी छ´
`बिवाहको सन्दर्भमा जोडिने कुराका सन्दर्भमा त्यसको ऐतिहासिक र साँस्कृतिक पक्षको पनि चासो राखि प्रसङ्ग मिलाएर जानकारी दिन सके राम्रो हुनेछ।´
साथीहरूको कुरा सुनिसकेपछि उसले भन्यो ” आहा धेरै राम्रा कुरा आए।यी र यस्तै कुराहरू समेटिएको तालिमको ब्यवस्था हुन सके बिवाह भोजहरु कति प्रभावकारी र परिणाम मुखी हुन्थे होलान्!”
उसको कुरालाई समर्थन गर्दै सवैको अनुहारमा नियाल्दै अर्काले साथीले भने”लौन समयको आवश्यकतालाई समेत बुझेर यस प्रकारको तालिमको हामीले नै शुरुआत गरे कसो होला!”