काठमाडौं । नेपालमा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५३७७२ पुगेको छ ।
त्यस्तै आइतबार थप १०९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना कोरोना संक्रमणमुक्त हुनेको संख्या २४३६६४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७८८ पुगेको छ । क्वारेन्टाइनमा ४२१ जना छन् भने आइसोलेसनमा ८३२० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।