संसद विघटनविरुद्धका रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै

Spread the love

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् । संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वेलायत र ईयूबीच व्यापार सम्झौतामा हस्ताक्षर

२०७७ पुष १०, शुक्रबार ०३:०५
Spread the loveमाछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली सङ्घ र वेलायतले ब्रेक्जिट पछिको एउटा व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । डाउनिङ्ग स्ट्रीटमा आयोजित पत्रकार सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका छौँ।’ जोनसनले समग्र […]