काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पद बहाली गर्दै मन्त्री रायमाझीले ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।
मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए ।
उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन एमसिसी सँग सम्बन्धित विषय देशको पक्षमा रहेको भन्दै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । उनले सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले मुलुक अप्ठेरो अवस्थामा रहेको भन्दै विकासको बाटोमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।