काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष गौतमले नेकपा विभाजन भइनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताएका हुन् ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनले बताए । गौतमले संगठित रुपमै आफूले एकता अभियान अगाडि बढाउने पनि बताए । उनले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेका बताए ।