विश्वमा पाँच करोड ९३ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ९३ लाख ७ हजार ६२८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ७ लाख १४ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ करोड ३७ लाख ७१ हजार ४१२ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ हजार भन्दा बढीको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १८ लाख २४ हजार ३८७ जना पुगेको छ ।
हाल विश्वभर २ करोड २६ लाख भन्दाबढी सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २ करोड ४ लाख २९ हजार ६६७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २१ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार भन्दाबढीको मृत्यु भएको छ भने २ लाख १२ हजार भन्दाबढी संक्रमित भएका छन् ।
त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड २ लाख ८६ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९८ लाख ८१ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७६ लाख ७५ हजार नाघेको छ भने १ लाख ९४ हजार ९७६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६७ लाख ४७ हजार भन्दा बढी निको भएका छन् ।