उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु, ३८ घाइते

Spread the love

भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ ।

घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ । मेरठका विभागीय आयुक्त सी मेश्रामले हालसम्म १७ जनाको मृत्यु भएको र दर्जनौ व्यक्ति घाइते भएका जानकारी दिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका छन्, “दुखद् घटना भएको छ । मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु ।”

केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त घटनामा मृतकको परिवारप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कारस्थलको कौसी भत्किएपछि छानो खसेको थियो ।

मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको अस्पतालमा पुगेपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इस्लामिक स्टेटद्वारा पाकिस्तानमा कोइलाखानीका ११ मजदुरको अपहरणपछि हत्या

२०७७ पुष १९, आईतवार १५:५०
Spread the lovemoreपाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो । मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन् । शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले […]