थप ४२१ जनामा कोरोना संक्रमण, ६३७ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६१८५९ पुगेको छ ।

त्यसैगरी आइतबार थप ६३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २५४४९४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७८ पुगेको छ । क्वारेन्टाइनमा ३६७ जना छन् भने आइसोलेसनमा ५४८७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैशाखको निर्वाचन कसैले टार्न सक्दैनः प्रधानमन्त्री

२०७७ पुष १९, आईतवार १०:५३
Spread the lovemoreकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । आइतबार आफू निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले निर्वाचन हुँदैन भन्ने हल्लाका पछि नलाग्न आग्रह गरेका हुन् । उनले बैशाखको निर्वाचन कसैले टार्न नसक्ने बताए । उनले भने, ’वैशाखमा […]

समाचार छुट्याे की?