बैशाखको निर्वाचन कसैले टार्न सक्दैनः प्रधानमन्त्री

Spread the love

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । आइतबार आफू निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले निर्वाचन हुँदैन भन्ने हल्लाका पछि नलाग्न आग्रह गरेका हुन् । उनले बैशाखको निर्वाचन कसैले टार्न नसक्ने बताए ।

उनले भने, ’वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ। कतिपयले भ्रम फैलाउन खोजिरहेका छन् चुनाव हुँदैन भनेर, तपाईंहरु भ्रमको पछि नलाग्नुहोस् ।’

उनले सर्वोच्च अदालतले विघटन भइसकेको संसद अब नब्यूँझाउनेसमेत बताए । पार्टीभित्रका नेताहरुले काम गर्न नदिएकालेनै संसद विघटन गर्नुपरेको उनको भनाई थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा : अध्यक्ष यादव

२०७७ पुष १९, आईतवार १२:२१
Spread the lovemoreजनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन् । जसपाको युवा संगठन समाजवादी युवा संघले आइतबार जनकपुरमा आयोजना गरेको दुई दिने युवा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानमा रहेका […]

समाचार छुट्याे की?