थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६२२६२ पुगेको छ ।

त्यसैगरी सोमबार थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २५५०८८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८५ पुगेको छ ।

क्वारेन्टाइनमा ३४२ जना रहेका छन् भने आइसोलेसनमा ५२८९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्चद्वारा मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग

२०७७ पुष २०, सोमबार १०:३२
Spread the lovemoreकाठमाडौं । सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ मागेको हो । प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री कामचलाउ हैसियतमा पुगेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र […]