भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट कञ्चनपुरमा एक नेपाली घाइते

Spread the love

कञ्चनपुर । भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार सोमबार साँझ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ ।

“भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ”, उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।” घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ । साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ । गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इरानद्वारा युरेनियम प्रशोधनको काम सुरु

२०७७ पुष २०, सोमबार १६:३९
Spread the lovemoreइरानले २० प्रतिशत युरेनियमको शुद्धिकरणसहित आफ्नो युरेनियम प्रशोधन कार्य पुनः सुरु गरेको छ । यो सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको सबैभन्दा ठूलो उल्लङ्घन हो । प्रशोधित युरेनियम रियक्टर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यो परमाणु बम बनाउन पनि प्रयोग हुनसक्छ । हतियार बनाउन प्रयोग […]