सर्वोच्चद्वारा मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग

Spread the love

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ मागेको हो ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री कामचलाउ हैसियतमा पुगेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्दै पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ । प्रतिनिधिसभा विघटनपछि सात जना मन्त्रीले राजीनामा दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए । रिट निवेदक कानुन व्यवसायीले मन्त्रिपरिषद विस्तारको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

२०७७ पुष २०, सोमबार ११:२८
Spread the lovemoreकाठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले गुरुङ र पोखरेललाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । त्यसैगरी प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कदमकाविरुद्ध अन्य […]