स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Spread the love

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए ।

“उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ”, प्रवक्ता विष्टले भने । उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना संक्रमणमुक्त

२०७७ पुष २०, सोमबार ०९:४४
Spread the lovemoreकाठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६२२६२ पुगेको छ । त्यसैगरी सोमबार थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै […]

समाचार छुट्याे की?