कतार र साउदी अरेबियाबीच सीमा खोल्ने निर्णयको नेपालद्वारा स्वागत

Spread the love

काठमाडौं । नेपाल सरकारले साउदी अरेबिया र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्ने भएको निर्णयको स्वागत गरेको छ ।

खाडी सहयोग परिषद् (जिसिसी) को मङ्गलबार भएको शिखर बैठकबाट दुई देशबीचका सिमाना पुनःखोल्न गरिएको निर्णयलाई महत्वपूर्ण कदम भन्दै नेपाल सरकारले यसबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँकी मुद्दालाई निष्कर्षमा पुर्याउन तथा खाडी क्षेत्रको स्थायित्व र सहयोग प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रलयले बुधबार विज्ञप्ति जारी गरी परिषद्का सबै सदस्य राष्ट्रसँग नेपालको सुमधुर सम्बन्ध रहेको बताउँदै नेपाल सरकार र नेपाली जनताले खाडी क्षेत्रमा सधैँ शान्ति, प्रगति एवं विकासको कामना गरेका जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता शुरु

२०७७ पुष २२, बुधबार १५:२४
Spread the lovemoreकाठमाडौं । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । उद्घाटनको दिन आज पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका […]

समाचार छुट्याे की?