अब अन्तर बैंक एटीएममा बैंकले शुल्क लिन पाउने

Spread the love

काठमाडौँ । अब एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरी माघ १ गतेदेखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

कोरोना महामारीका कारण सरकारले लकडाउन सुरु गरेदेखि बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था थियो ।

शुल्क नलाग्ने व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरबाही गर्दै आएका थिए । यही कारण न्यूनतम शुल्क उठाउन दिइएको राष्ट्र बैंकले जनाएको छ । दुई वटा भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुस २७ लाई राष्ट्रिय पर्वको रूपमा मनाउन देउवालाई आग्रह

२०७७ पुष २३, बिहीबार १७:१०
Spread the lovemoreकाठमाडौं । नेपाली कांग्रेसका नेताद्वय लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकालले पृथ्वीजयन्ती मनाउन कांग्रेसले नेतृत्व लिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरुले पुस २७ गतेलाई राष्ट्रिय पर्वका रुपमा मनाउने वातावरण बनाउन आग्रह गरेका हुन् । उनीहरुले सरकारलाइकांग्रेसको तर्फबाट काटिएको उक्त बिदालाई पुनस्र्थापित […]