थप ४१२ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालम थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१२ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३६०५ पुगेको छ ।

त्यसैगरी बिहीबार थप ४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५६६४४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।

क्वारेन्टाइनमा ३४२ जना रहेका छन् भने आइसोलेसनमा ५०५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

के छ प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पेश गरेको सरकारको वार्षिक प्रतिवेदनमा ?

२०७७ पुष २३, बिहीबार १०:०१
Spread the lovemoreकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम प्रधानमन्त्रीले प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक […]