बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

Spread the love

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

बुधबार साँझ निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार छन् ।

कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग फेला

२०७७ पुष २३, बिहीबार ०३:४५
Spread the lovemoreचितवन । चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले जानकारी दिए । खाग […]