थप ५५४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६४१५९ पुगेको छ ।

त्यसैगरी शुक्रबार थप ५८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५७२२९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०९ पुगेको छ । क्वारेन्टाइनमा ३३८ जना छन् भने आइसोलेसनमा ५०२१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एमबास्डर नियुक्त

२०७७ पुष २४, शुक्रबार १०:२४
Spread the lovemoreकाठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्राण्ड एमबास्डरमा नियुक्त गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्राण्ड एमबास्डरमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा अनुसार श्रेष्ठ […]