मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एमबास्डर नियुक्त

Spread the love

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्राण्ड एमबास्डरमा नियुक्त गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्राण्ड एमबास्डरमा नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा अनुसार श्रेष्ठ बैंकको ब्राण्ड एमबास्डरमा नियुक्त भएकी हुन् । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरकातर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्राण्ड एम्बास्स्डरमा श्रेष्ठलाई नियुक्त गरिएको बताए ।

कार्यक्रममा मिस नेपाल वल्र्ड श्रेष्ठले आफूलाई सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एमबास्डर हुन पाउँदा अत्यन्त खुशी लागेको बताइन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आयोगको आग्रह

२०७७ पुष २४, शुक्रबार ११:०५
Spread the loveकाठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्णरुपमा भेला हुने, प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गरेको छ । शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गर्दै आयोगको वाग्मती प्रदेश कार्यालयले काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी क्रमशः कालीप्रसाद पराजुली र ढुण्डिप्रसाद निरौला तथा दुवै जिल्लाका […]

समाचार छुट्याे की?