शक्ति हस्तान्तरण गर्न ट्रम्प तयार

Spread the love

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ’व्यवस्थित ढङ्गले’ शक्ति हस्तान्तरण गर्ने वाचा गरेका छन् । उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा हुलदङ्गा गरेको एक दिनपछि ट्रम्पले त्यसो भनेका छन् । ट्विटरमा १२ घण्टे प्रतिबन्ध झेलेपछि भिडिओमार्फत् सोही सामाजिक सञ्जालमा देखिएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले दङ्गाकारीहरूको आलोचना गर्दै ’जघन्य हमला’ बताएका थिए ।

आफ्नो कार्यकाल सकिन लागि १३ दिन मात्र बाँकी छँदा वरिष्ठ डेमोक्रेटहरूले उनलाई पदबाट हटाउने कुरा गरिरहँदा ट्रम्पले मुख खोलेका हुन् । उनको उक्त अभिव्यक्तिलाई नोभेम्बरमा चुनाव हारेपछिको पहिलो सार्वजनिक स्विकारोक्तिका रूपमा हेरिएको छ । नोभेम्बरमा उनले राष्ट्रपति(निर्वाचित जो बाइडनप्रति लक्षित ट्वीट गर्दै हार अस्वीकार गरेका थिए ।

भिडिओ सन्देशमा ट्रम्पले ’कङ्ग्रेसले नतिजालाई प्रमाणिकरण गरिसकेकाले २० जनवरीमा नयाँ प्रशासनले काम थाल्ने’ बताएका छन् । ‘मेरो प्राथमिकता अब सहज, व्यवस्थित र निर्वाध रूपमा सत्ता हस्तान्तरणमा हुनेछ। यो अवस्थाले निदान र मेलमिलाप खोजेको छ। ’ उनले आफ्ना ’गज्जबका समर्थकहरू’को समेत प्रशंसा गरेका छन् । उनले ’हाम्रो अविश्वसनीय यात्रा एउटा सुरुवात मात्र भएको’ बताएका छन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वकै सबैभन्दा धनी बन्न सफल व्यक्तिका ६ वटा रहस्य

२०७७ पुष २४, शुक्रबार ०५:५०
Spread the lovemoreजस्टिन रोल्याट बीबीसी न्यूज । अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी रहेको छ । विद्युतीय कार कम्पनीको सेयर मूल्य वृद्धि भएपछि उनको सम्पत्ति बढेको हो । उनको सफलताको रहस्य […]